
७ असोज,
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा बेवारिसे अवस्थामा छोडिएको कपडा प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको विशेष सुचनाको आधारमा गुलरिया इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका वडा नं. ५ को हरियाली सामुदायिक वनदेवी स्थित भारतबाट अवैधरुपमा भन्सार छलि ल्याएको लेडिज सुट र थानका कपडा जम्मा मुल्य रु. २,१८,५००।– (दुई लाख अठार हजार पाँच सय) बराबरको कपडा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त कपडा बरामद गरी थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय त्रिनगर कैलालीमा पठाईएको प्रहरीले जानकारी गराएको छ ।