
७ असोज,
बर्दिया । मैनापोखर बजारमा रहेको सटर तोडफोड गरी मोबाईल चोरी गर्ने २ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
मोवाईल चोरी गर्ने पक्राउ पर्नेहरुमा, सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं. १० को ३० वर्षिया इस्लाम दिन र बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं. ७ को ४० वर्षिय मुसा कुरेसी रहेको प्रहरी जानकारी दिएको छ ।
प्रहरीका अनुसार, बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.०६ स्थित मैनापोखर बजारमा रहेको क्रितिसा ईलेक्ट्रिकल पसलको सटर तोडफोड गरेर मोबाईल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई घटनास्थलमै पक्राउ गरेको र सोही घटनामा संलग्न रहेको एक जनालाई खोजतलास गर्ने क्रमम कुरेसीको साथबाट वडा नं.०३ भोलागौडी बजार नजिकबाट चोरी भएको ४ थान मोवाइल सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुबै जनालाई पक्राउ गरी उनीहरु माथि थप अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जानकारी गराएको छ ।