
७ असोज,
बर्दिया । प्रहरीले वेवारिसे अवस्थामा छोडिएका कपडा बरामद गरेको छ ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. २ स्थित जमुनी प्रहरी चौकी बाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भान्सार छली ल्याई अन्दाजी मुल्य रू. ४३,१००÷– बराबरको कपडा वेवारिसे अवस्थामा राखेको फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त सामानलाई थप आबश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जानकारी दिएको छ ।