
६ असोज,
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रयोगात्मक परीक्षामा आफ्नै सवारी साधनबाट ट्रायल दिन नपाउने नियम ल्याएको छ ।
यसअघि २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन गर्ने क्रममा कार्यविधि निर्देशिका २०७७’ मा आफ्नै सवारीबाट ट्रायल दिन पाउने व्यवस्था गरिएको थियो र विभागले सो कार्यविधि गत भदौमा पुनः संसोधन गरेर यो व्यवस्था हटाएको हो ।
अब परीक्षार्थीले प्रयोगात्मक परीक्षामा ट्रायल दिदा ट्रायल सेन्टरकै सवारी साधन चलाउनु पर्नेछ ।
त्यस्तै यातायात विभागले लिखित परीक्षामा १०० अंकभार ४÷४ अंकको २५ प्रश्न सोध्ने व्यवस्था गरेको छ ।
नयाँ प्रणालीअन्तर्गत लिखित परीक्षा सञ्चालनका लागि विभागले ५०० वटा प्रश्नको संग्रह तयार गर्नुको साथै ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था गरिएको छ । तर नयाँ व्यवस्था कार्यान्वयनमा अझै लागु हुन नसकेको यातायात विभागले जनाएको छ ।