
६ असोज,
बाँके । बाँकेमा कोरोना संक्रमित दरमा बृद्धि भएको छ । एकै दिनमा २२ जना कोरोना संक्रमित थपिएका छन ।
भेरी अस्पताल, बागेश्वरी प्रयोगसाला र कोहलपुर मेडिकल कलेज गरी तीन वटा प्रयोगसालामा १४१ नमुना परिक्षण गर्दा ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।
कोभिड फोकल पर्सन ओलीका अनुसार, ३६ संक्रमित मध्य २२ जना बाँकेको रहेका छन जसमध्य नेपालगंजका १६ जना, कोहलपुरका ३ जना, खजुराका २ जना र राप्तीसोनारीका १ जना रहेका बताएका छन ।
यो क्रमसंगै बाँके जिल्लामा कुल कोरोना संक्रमितको संख्या १८ हजार १ सय ७० पुगेको कोभिड फोकल पर्सन ओलीले जानकारी गराएका छन ।