
६ असोज,
धनगढी । लागु औषध मुद्दामा सजाए पाएका दुई बर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ७ को ४८ वर्षिय डबल बहादुर शाहुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सम्मानित कैलाली जिल्ला अदालतबाट लागु औषध मुद्दामा २ हजार जरिवाना र ७ दिन कैद दण्ड सजाए भई फरार रहेका शाहुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।