६ असोज,

बाँके । कोहलपुरस्थित नेपाल टेलिकम अगाडी राखेको स्कुटी चोरी गर्दै गर्दा रङगेहात २ जनालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

स्कुटी चोरी गर्ने पक्राउ पर्नेहरुमा, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित एकतानगरमा बस्ने २६ वर्षिय बम बहादुर परियार र सोही ठाउँमा बस्ने २३ वर्षिय बादल सुनार रहेको डिएसपी रबिन्द्र खनालले बताए ।

हिजो मंगलबार रातीे करिब ९ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. १२ मा बस्ने सुबाष सापकोटाले वडा नं.११ स्थित नेपाल टेलिकम कार्यालय आगडी पार्किङ गरी लु६५प६५१८ नम्बरको स्कुटी राखेको अवस्थामा चोरी गर्दै गर्दा कोहलपुर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको डिएसपी खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख