६ असोज,

बाँके । मोटरसाइकल चोरी गर्ने २ जनालाई कोहलपुर इलाका प्रहरी कार्यालयले रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नंं.८ को प्रेम बहादुर चौधरी र सोही ठाउँको हुम बहादुर गिरी रहेको डिएसपी रबिन्द्र खनालले बताए ।

डिएसपी खनालका अनुसार, कोहलपुर नगरपालिका वडा नं. २ स्थित प्रेमनगरमा बस्ने अजुर्न रिजालको घर भित्र बरण्डामा पार्किङ गरी राखेको भे९प५६०२ नम्बरको मोटरसाईकल गत महिना साउन ४ गते चोरी भएपछि मोटरसाइकल धनीले खोज तलास गरी पाउ भनी कोहलपुर इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

उक्त निवेदनको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोही मोटरसाइकल भाद्र ४ गते सोमबार दिउँसोको समयमा कोहलपुर नगरपालिका वडा नं. १ को कौशिलानगर स्थित सडकमा लैजाँदै गरेको अवस्थामा फेला पारी संलग्न २ जनालाई प्रक्राउ गरी थप आवश्यक अनुसन्धान भईरहेको डिएसपी खनालले बताए।

 

प्रतिक्रिया

सम्बन्धित ख