
५ असोज,
बाँके । बाँकेमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल, बागेश्वरी प्रयोगशाला र मेडिकल कलेज कोहलपुर गरी तीनवटा परिक्षण केन्द्रमा १३८ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएकोे जिल्ला कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।
कोभिड फोकल पर्सन ओलीका अनुसार, संक्रमण पुष्टि भएका मध्य ६ जना बाँकेको रहेका छन । यो क्रम संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ६० पुगेको र जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ८१ जना रहेको बताए ।