१ चैत्र,

बाँके ।  रविन्द्र मिश्रले कांतिपुर मिडिया ग्रुपले खुला प्रतिस्पर्धाबाट प्रधान सम्पादक चयन गर्न लागेको विषयलाई सकारात्मक कदम भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मिश्रले यस्तो प्रक्रिया राम्रो भएको उल्लेख गर्दै आफूले पनि प्रधान सम्पादक पदका लागि आवेदन दिने सोच आएको बताएका हुन्।

उनले लेखेका छन्, “कान्तिपुरले खुला प्रतिस्पर्धाबाट प्रधान सम्पादक चयन गर्न लागेको रहेछ, साह्रै राम्रो। अब देश बनाउन योगदान गर्न पाइएन, प्रधान सम्पादकका लागि आवेदन दिनु पर्यो कि जस्तो लागिरहेको छ।”

यद्यपि उनले आफ्नो योग्यता पुग्ने विश्वास व्यक्त गर्दै पनि फेरि ‘पश्चगामी’ भनेर पराजित गरिने हो कि भन्ने डर रहेको व्यंग्यात्मक टिप्पणी गरेका छन्।

मिश्र हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएका हून ।

प्रतिक्रिया

सम्बन्धित ख