
३० फागुन,
बाँके । पश्चिम एसियामा जारी तनावबीच कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन आग्रह गरेको छ।
दोहास्थित नेपाल दूतावासले शनिबार एक विशेष अनुरोध जारी गर्दै ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिन भनेको हो।
दूतावासको सूचना अनुसार, साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने कतार आइडी भएका नेपालीले आवेदन दिन सक्नेछन्।
थप जानकारीका लागि ५०६६०६२२ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।










