५ असोज,

बाँके । नेपालगंज स्थित अबैध रुपमा जमुनाह भन्सार छली ल्याएको  सामान प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नंं. १४ स्थित भारतबाट भन्सार छली ल्याएको लत्ता कपडा, चिनी, हार्डवेयरको सामान लगायतका विभिन्न सामानहरू अन्दाजी मुल्य २,८६,७५०।– (दुईलाख छयासी हजार सात सय पचास) रुपैया बराबरको सामान फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त सामान बरामद गरी थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख