
५ असोज,
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने घोषण गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ सम्मको मुनाफाबाट शेयर धनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने १ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयर धनीहरुलाई वितरण गरिने जनाएको छ ।
२० अर्ब चुक्ता पुँजी रहेको कम्पनीले ३० करोड रुपैयाँ निक्षेपका रुपमा रकम संकलन गरेको छ ।