५ असोज,

बाँके । बाँकेमा अबैध रुपमा भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

बाँके जिल्लाको नेपालगंज स्थित जमुनाह भन्सार छलि अवैध रुपमा ल्याएको विभिन्न सामान प्रहरीले फेला परेको हो ।

प्रहरीका अनुसार, बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको लत्ता कपडा, चिनी, विउविजन, सिसाको गिलास लगायतका विभिन्न सामान अन्दाजी मुल्य ७६,४७५।– (छयहत्तर हजार चार सय पचहत्तर) रुपैया बराबरको सामान नेपालगंज उपमहानगरपालिका वडा नं.१० मा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

उक्त सामानलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख