
४ असोज,
बर्दिया । बर्दियामा बहु विवाह र लेनदेन मुद्दाका फरर रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा, गुलरिया नगरपालिका वडा नं.८ को गोबिन्द थारु र मधुबन नगरपालिका वडा नं.२ स्थित रजवारामा बस्ने किशोर दर्लामीलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०७६।१०।२४ गतेको फैसला आदेशले लेनदेन मुद्दामा १ बर्ष ६ महिना २६ दिन कैद सजाय तोकिएका फरार रहेका गोबिन्द थारु लाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने त्रममा पक्राउ गरेको हो ।
त्यसैगरी मिति २०७८।०१।२८ गतेको फैसला आदेशले बहु– बिबाह मुद्दामा १० महिना २९ दिन कैद र रू. १०,०००÷– जरिवाना सजाय तोकिई फरार रहेका किशोर दर्लामीलाई इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
दुवै फरार कसुरदारलाई पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको प्रहरीले जनाएको छ ।