बाँकेको कोहलपुरमा शारदा एजुकेसन पार्कको आयोजनामा यही पुस २० गतेदेखि २८ गतेसम्म‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको अधिकारिक घोषणा गरेको हो । प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्ने छ। बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरले प्रायोजन गर्ने प्रतियोगितामा देशभरका बिभिन्न शहरका टिमहरु सहभागी हुनेछन् ।

लुम्बिनी प्रदेश लगायत काठमाडौँ, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत जस्ता विभिन्न स्थानका १६ टोलीहरु नकआउट प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक विनायक गिरिले जानकारी गराए ।प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी, उत्कृस्ट ब्याट्सम्यान र उत्कृस्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका खेलहरु कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।आयोजक शारदा एजुकेसन पार्कका प्रमुख रोनिस गौतमले आफ्नो संस्थाले खेलकुदलाई प्रवर्द्धन गर्दै आएको बताउँदै यसलाई निरन्तरता समेत दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख