
४ असोज,
दाङ । दाङमा लागुऔषध मुद्दाका फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालीका वडा नं.५ को ४१ वर्षिय राजन भन्ने शुनिल पुरि रहेका छन ।
श्री सर्वोच्च अदालतबाट मिति २०७४।०८।१९ गते लागुऔषध मुद्दामा ३ बर्ष ९ महिना ३ दिन कैद सजाय फैसला भई फरार रहेका पुरिलाई दाङ जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले खोजतलास गर्नेक्रममा दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं.५ मा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ गरी सम्मानित दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।