ले फागुन ५ गते आह्वान गरेको नेपाल बन्द सफल पार्न विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी, यातायात तथा सञ्चार क्षेत्रसँग सहयोगका लागि आग्रह गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ।

विज्ञप्तिमा पार्टीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा उपनिर्वाचन खारेज गर्ने, वैदेशिक हस्तक्षेपविरुद्ध संघर्ष गर्ने, तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्यले बन्दको आयोजना गरिएको उल्लेख छ। पार्टीका अनुसार विद्यमान राजनीतिक व्यवस्थाबाट असन्तुष्ट जनमतलाई संगठित रूपमा अभिव्यक्त गर्न बन्द आवश्यक भएको बताइएको छ।

पार्टीका महासचिव कञ्चनद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा बन्दलाई “ऐतिहासिक र प्रभावकारी” बनाउन सबै क्षेत्रको सहभागिता अपेक्षित रहेको उल्लेख छ। साथै उद्योग, व्यापार, विद्यालय, कलेज तथा यातायात क्षेत्रले बन्दमा सहकार्य गरिदिन विशेष अनुरोध गरिएको छ।

फागुन ५ गते हुने बन्दका कारण यातायात, बजार तथा शैक्षिक संस्थामा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। स्थानीय प्रशासनले भने शान्ति–सुरक्षाका सबै आवश्यक तयारी भइरहेको जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख