४ फागुन,

बाँके : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। निर्वाचन आयोगको व्यवस्थाअनुसार मतदान हुने दिनभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइन्छ।

सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्। दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै मतदातासमक्ष मत माग्न पाउनेछन्।

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिसकेको जनाएको छ। आचारसंहिता उल्लङ्घन भएको पाइएमा सम्बन्धित दल वा उम्मेदवारलाई स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने आयोगले स्पष्ट पारेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनप्रति शून्य सहनशीलता नीति अपनाइएको जानकारी दिनुभयो। उल्लङ्घनको प्रकृति र प्रमाणका आधारमा सचेत गराउने, दण्डजरिवाना गर्ने तथा गम्भीर अवस्थामा उम्मेदवारी खारेजीसम्मको कानुनी व्यवस्था रहेको बताइएको छ।

दल तथा उम्मेदवारहरूले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचार गर्न सक्नेछन्। साथै आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापनलगायतका खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।

निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख