२९ माघ,

बाँके – आइसिसी टी–२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। यस हारसँगै नेपालको सुपर आठमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १ सय २३ रनमा समेटिएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। कप्तान रोहित पौडेलले २३ रन जोड्दा आसिफ शेखले २० रनको योगदान दिए। दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए भने करण केसी १८ रनमा अविजित रहे।

१ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो। इटालीका लागि जस्टिन मोस्का र एन्थोनी मोस्काले अविजित १ सय २४ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।

नेपालविरुद्ध कसिलो बलिङ गरेका इटालीका क्रिसहन कलुगामागेले ३ विकेट लिए। बेन मेनेन्टीले २ विकेट झारे भने जेजे स्मिथ, अली हसन र जसप्रित सिंहले समान १–१ विकेट लिए।

यो पराजय नेपालको टी–२० विश्वकप इतिहासकै फराकिलो हारका रूपमा दर्ज भएको छ। उता, इटालीका लागि भने यो विश्वकप इतिहासकै पहिलो जित बनेको छ।

प्रतिक्रिया

सम्बन्धित ख