
४ असोज,
बुटवल । बुटवलको ज्योतिनगरका पहिरो पीडितको अवस्था अनुगमन गर्न पुगेका बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि स्थानियले हातपात गरेका छन ।
पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएका छन । पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।
यद्यपी मेयरमाथि मुक्का प्रहार गर्ने व्यक्तिको परिचय नखुलेको र उक्त झडप नियन्त्रणमा लिइसेको प्रहरीले जनाएको छ ।