२९ माघ,

कपिलवस्तु — काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस कपिलवस्तुमा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।

हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकमा पर्ने शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बिहीबार बिहान करिब ४ बजे उक्त बसमा आगलागी भएको हो। गुडिरहेको अवस्थामा बसको बायाँ चक्कामा अचानक आगो सल्किएको प्रहरीले जनाएको छ।

आगो देखिएलगत्तै चालकले बस सडक छेउमा रोकेपछि यात्रुहरू तत्काल ओर्लिएका थिए। बसमा सवार ४४ जना यात्रु सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

स्थानीयवासी, प्रहरी र कपिलवस्तु नगरपालिकाको दमकलको टोलीले आगो निभाउने प्रयास गरे पनि करिब आधा घण्टामै बस पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

घटनामा मानवीय क्षति नभए पनि यात्रुहरूको केही सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख