२८ माघ,

बाँके : निर्वाचन सुरक्षाका लागि तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि ‘फिल्ड’मा खटिँदै छन्। निर्वाचन प्रहरीलाई आजदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा फौजसँगै चुनावी मैदानमा खटाउन लागिएको हो । 

नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई छनोट गरी तालिम दिइसकेको छ । यही माघ १८ मा नियुक्तिपत्र लिएका उनीहरुले १० दिनको तालिम मंगलबार सकेका छन्। निर्वाचनको समग्र सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाल प्रहरीले गर्ने छ ।

विगतको मोडलअनुसार यसपटक पनि पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटाइने व्यवस्था मिलाइएको छ। तर, आवश्यक परेको बेलामा सेना जुनसुकै घेरामा खटिनेछ । निर्वाचन सुरक्षाका लागि २१ माघदेखि नै नेपाली सेनाको परिचालन सुरू भइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित ख