२७ माघ,

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार ६० लाख रुपैयाँ लुटपाट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

कीर्तिपुरमा एक पुरुषबाट ६० लाख रुपैयाँ लुटिएको घटनाको अनुसन्धानका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हवल्दार सुनारलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धान अनुसार ‘सस्तो दरमा बिलसहितको सुन उपलब्ध गराइदिन्छौँ’ भन्दै एक समूहले पीडितलाई कीर्तिपुर बोलाएको थियो। माघ १४ गते कीर्तिपुरस्थित एबीगाडो क्याफेमा पुगेपछि हवल्दार सुनारको नेतृत्वमा रहेको समूहले आफूहरू ‘सीआईबीको प्रहरी’ भएको परिचय दिँदै पीडितसँग रहेको ६० लाख रुपैयाँ डाँकाचोरी गरी फरार भएको खुलेको छ।

३८ वर्षीय सुनार नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१३ का स्थायी बासिन्दा हुन्। लुटपाट घटनामा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख