
४ असोज,
कैलाली । कैलालीमा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार, कैलालीको सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वाटर कालाकुण्डा मातहत बिओपीबाट खटिएको टोलीले टीकापुर नगरपालिका वडा नं. ७ सोनाफाँटा स्थित भारतबाट अवैध रुपमा ल्याएको मुल्य रु १ लाख ६३ हजार मूल्य बराबरको कोट पाइन्टको कपडा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त बरामद गरेको कपडालाई थप आवश्यक कारवाहीको लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।