
४ असोज,
बाँके । बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा, बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ४ बाँकेकी ७५ वर्षीया महिला र दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको बाँके जिल्लाको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
कोभिड फोकल पर्सन ओलीका अनुसार योे त्रम संगै भेरी अस्पतालमा कोरोनाबाट मृत्युहुनेको संख्या ७ सय छयालिस पुगेको बताए ।