
४ असोज,
नेपाल राष्ट्रबैंकले आजबाट दशंै र तिहारको लागि नयाँ नोट साट्न सुरु गरेको छ ।
दशंै र तिहारलाई मध्यनजर गरेर नयाँ नोटको विशेष महत्व रहने भएकोले बैंक तथा वित्तीय संस्थाबाट आजदेखि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई प्रतिव्यक्क्ति १८ हजार ५०० रुपैयाको दरले साटन पाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ । साथै कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापडन्दा अपनाई भौतिक दूरीको पूर्ण पालना गरी नोट सटही गर्न राष्ट्र बैंकले आग्रह समेत गरेकोे छ ।
केन्द्रीय बैंकले आजदेखि साट्न मिल्ने गरी बजारमा करिब ३५ अर्ब बराबरको ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पठाएको जानकारी गराएको छ ।