
१ असोज,
बाँके । बाँकेको नेपालगंजमा भन्सार छली ल्याएको रांगा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नेपालगंज उपमहानगरपालिका वडा नं. १२ स्थित कोरियनपुरमा भारत बाट अवैध रुपमा भन्सार छलि ल्याएको ४ जिउ रांगा प्रति मुल्य रु.८०,०००।– (असी हजार) बराबरको वेवारिसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त रांगा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।