
१ असोज,
रामेछाप । रामेछापको मन्थली नगरपालिकामा संरक्षित वन्यजन्तुको सालको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा, रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं.३ को ३८ वर्षिय सोनाम तामाङ र सोही ठाउँको ३२ वर्षिय ध्यान बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, रामेछापको मन्थली नगरपालिका वडा नं. १ भैंसेश्वर चोकमा २ जना व्यक्तिहरु बोरामा शंकास्पद चिजवस्तुहरु बोकी हिंडिरहेको विशेष सुचनाको आधारमा रामेछाप जिल्ला प्रहरी कार्यालय र महाराजगंज प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धन व्युरो को संयुक्त प्रहरी टोली खटिगई उनीहरुलाई नियन्त्रणमा लिई खोज तलासी गर्दा साथमा भएको बोराभित्र २५ केजी तौल भएको संरक्षित वन्यजन्तुको सालको खपेटा फेला पारी पक्राउ गरेको प्रहरीले जनएको छ ।
पक्राउ गरी उनीहरुमाथि थप अनुसन्धन भइरहेको प्रहरीले जानकारी गराएको छ ।