१ असोज,

दाङ । दाङको तुलसीपुरमा १४ बर्षिय बालिका माथी सामुहिक बलात्कार भएको छ । उक्त घटनामा संलग्न रहेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका वडा नं.११ स्थित बेलटाकुरामा बस्दै आएका २२ बर्षीय विष्णु सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत महिना भाद्र २७ गते बुधबार बालिकालार्ई खानेकुराको प्रलोभन देखाई दुई जना युवाले होटलमा लागि बलात्कार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन ।

डिएसपी अर्यालका अनुसार, बलात्कृत बालिकाको अत्याधिक रक्तश्राव भएपछि घटना बाहिरिएको हो ।  ईलाका प्रहरी कार्यालयमा उजुरी पारे लागतै प्रहरी खटिगई घटनामा संलग्न रहेका एक जनालाई पक्राउ गरिसकेको र त्यही घटना संलग्न रहेका एक जना फरर रहेको डिएसपी अर्यालले बताए ।

घटना सम्बन्धि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख