६ माघ,

बाँके — प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बाँकेमा सुरक्षा व्यवस्थापनलाई कडा बनाइएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभित्र रहेका हातहतियार तथा खरखजाना बुझाउन आग्रह गरेको हो।

प्रशासनले ईजाजत प्राप्त हातहतियार तथा खरखजाना सूचना जारी भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ।

यसैगरी, जिल्लामा अवैध रूपमा हातहतियार राखिएको वा प्रयोग भइरहेको जानकारी भएमा त्यसबारे तत्काल प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङद्वारा जारी सूचनामा निर्वाचन अवधिभर सुरक्षा चुनौती न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख