
१ असोज,
नवलपरासी । नवलपरासीको सुनवलमा गएराति मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, नवलपरासी जिल्लाको सुनवल वडा नं. ४ को २७ वर्षिय विष्णु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सुनवलबाट बुटवल तर्फ जाँदै गरेको विष्णु सवार रहेको लु३७प६९५० नम्बरको मोटरसाईकल सुनवल वडा नं.७ ज्यामिरेमा सडक विस्तारका क्रममा बनाईएको डाईभर्सनमा मोटरसाईकल पल्टिदा गम्भिर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।