
१ असोज,
नेपाल र चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली हिल्सा पुगेको छ ।
गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवाल को टोलीले नाम्खा गाउँपालिका वडा नं. ६ स्थित लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
मन्त्रालयका सहसचिव आचार्यका अनुसार, हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गृह मन्त्रालयका सहसचिव आचार्यले बताए ।