
१ असोज,
नेपाल सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप आज नेपाल आउँदैछ ।
नेपाल सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन ।
भेरोसेल खोप लिनलाई चीनतर्फ नेपाल वायुसेवा निगमको वाइडबडी विमान गएको छ । र नेपाल सरकारले चीनबाट ६० लाख खोप खरिद गरेको मध्य पहिला नै १६ लाख खोप नेपाल आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पोखरेलले बताए ।
नेपाल सरकारले अहिले सम्म एक करोड तेत्तिस लाख खोप खरिद गरीसकेको र असोज मसान्त सम्म थप एक करोड खोप ल्याउने तयारी रहको सचिव पोखरेलले जानकारी गराएका छन ।