
३१ भदौ,
शिक्षा सरोकारवालाहरु संग आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तत्काल विद्यालय सञ्चालन गर्ने नगर्ने निर्धारण गर्न स्थानीय तहलाई जिम्मा दिएको छ । साथै तत्काल विद्यालय सञ्चालन नगर्न समेत निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मन्त्रायलका प्रवक्ता पौडेलका अनुसार, यदि विद्यालय सञ्चालन गर्नु परेमा स्थनिय तहको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको बताएका छन ।
यस काभिड १९ महामारी विरुद्धा लड््न सक्ने आवश्यक अभिमुखीकरण तलिम दिएर मात्र असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी गरिएको छ ।
उक्त विद्यालयमा स्वास्थ्य मापदण्डको पुर्ण व्यवस्थाको साथै स्वास्थ्य मापदण्डको पालन समेत अनिवर्या गर्नु पर्ने बताएका छन ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश, (ऐनप्याब्सन) र अभिभावक सङ्घको छलफल पछि यी निर्णय हरु गरिएको मन्त्रायलका प्रवक्ता पौडेलले बताए ।