
३१ भदौ,
बाँके । बाँके जिल्ला प्रहरीले अवैध रुपमा भन्सार छलि ल्याएको विभिन्न सामानहरु बरामद गरेको छ ।
बाँकेको नेपालगंज स्थित छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा जमुनाह भन्सार छलि ल्याएको सामान प्रहरीले फेला पारेको हो ।
प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नंं. १० स्थित भारत बाट अवैध तरिकाले भन्सार छलि ल्याएको लत्ता कपडा, मिक्सर मेशिन, मोबाईल कभर, छोगडा लगायतका विभिन्न सामानहरु अन्दाजि मुल्य १,०४,८००– (एक लाख चारहजार आठ सय) रुपैया बराबरको सामानहरु बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त बरामद गरेको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।