३१ भदौ,

बर्दिया । बर्दियाको गुलरियामा म्याद नाघेका तथा लेवल नछापी प्याकिङ्ग गरिएको सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. १ स्थित सानोश्रीमा बस्ने ४३ वर्षिय मिन बहादुर वि.सी.रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गुलरिया स्थित भाडामा पुलमा चेकजाँच गर्ने क्रममा नेपालगंज देखी आँउदै गरेको बा१८च ११८५ नम्बरको गाडीलाई चेकजाँच गर्दा सोही गाडीमा फ्रुटो स्वादिष्ट पेप्सी जुस ९२ प्याकेट र ३ किलोग्राम छुर्पी जस्ता सामानहरु म्याद नाघेका, लेवल नछापी प्याकिङ्ग गरिएको फेला परि गाडी चालकलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

सोही गाडीमा रहेका अन्य म्याद नाघेका खाद्यान्न सामानहरु परिक्षणको लागी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँके पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख