२२ मंसिर,

काठमाडौँ — काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित ओम नगर मार्गमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै ६ महिने छोराको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। आइतबार साँझ घट्ना भएपछि कार्की फरार भएका थिए।

भाग्दै गरेका उनलाई चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोइन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

छोराको हत्या गरेपछि कार्कीले पत्नीको टाउकोमा पनि धारिलो हतियारले प्रहार गरेका थिए। गम्भीर घाइते भएकी उनका पत्नीलाई छिमेकीले तत्काल केएमसी अस्पताल पुर्‍याएका थिए, जहाँबाट पछि उनलाई प्रहरी अस्पतालमा रिफर गरिएको छ।

घटनापछि कार्की पूर्वतर्फ जाने बस चढेर धादिङतर्फ फरार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख