
३१ भदौ,
लहान । सिरहा जिल्लाको लहानमा अवैध पाँच किलो चाँदीसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतो रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, लहान स्थित भारतीय सीमा क्षेत्र ठाडीबाट तस्करी गर्न लगिरहेको समयमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट अवैध चाँदी फेला पारी संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भारतीय नागरिकहरुलाइ इलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।