
७ मंसिर,
बर्दिया । लागू औषधसहित एक जना पक्राउ परेका छन् । गत शुक्रवार प्रहरी चौकी जमुनि, बर्दियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका यात्रुलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाह चेकपोस्टमा शंकास्पद रूपमा देखिएका जिल्ला बाँके, कोहलपुर नगरपालिका–३ मैटहवा बस्ने ३८ वर्षीय किस कुमार थारुलाई रोकेर तलासी गर्दा उनले लुकाइछिपाइ राखेको लागू औषध फेला परेको हो ।
थारुको साथबाट १ पुडिया प्लास्टिकसहित ३ ग्राम १५० मिलिग्राम, र प्लास्टिक खोली शुद्ध तौल गर्दा २ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
थारुलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिएका छन् ।











