
७ मंसिर,
बाँके । विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि गरिएको रङ छ्याप्ने घटनाप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाले कडा प्रतिक्रिया व्यक्त गरेका छन् । आइतबार बस्नेत विराटनगरबाट सुनसरीतर्फ जाँदै गर्दा उनी सवार गाडीमा नेविसंघका कार्यकर्ताले रातो रङ छ्यापेका थिए ।
घटनामा संलग्न महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेता सन्जोग गौतम र अर्पित कुँवरको नाम पुष्टि भएपछि सभापति शेर्पाले उनीहरूविरुद्ध कडा कारबाही अघि बढाइने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै शेर्पाले सङ्गठनको नाममा कुनै पनि प्रकारको दुरुपयोग सहन नहुने उल्लेख गर्दै बस्नेतमाथि मसी वा रङ छ्याप्ने जस्तो कायरता नेविसंघको संस्कारमा नभएको स्पष्ट पारेका छन् ।











