४ मंसिर,

बाँके – लागू औषधसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेको अवस्थामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित बाँके जिल्ला अदालतले मिति २०८२।०२।२७ गतेको फैसलामार्फत बिगो वापत १५ दिन कैद र रु. ५,००० जरिवाना तोकेका बैजनाथ गाउँपालिका–१ निवासी टोपबहादुर रोकाय क्षेत्रीलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस्तै, विभिन्न स्थानमा अबैध रूपमा भन्सार छली तस्करी गरी ल्याइएका सामानहरू प्रहरीद्वारा बरामद गरिएको छ । बरामद सामानहरूमा सुपरपावर सुर्ती, लेडिज कुर्ता–सुरुवाल, जेन्स पर्स, बेल्ट, चामल, दाल, केराउ, डिजिटल तराजु र सिलाउने मेसिन सहित करिब रु. ४,७८,१५० बराबरको सामग्री रहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त सामग्री तथा ढुवानीमा प्रयोग गरिएको सवारीसाधनसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार दुवै घटनामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख