२३ कार्तिक,

बाँके । मध्यपश्चिम विश्वविद्यालयले बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरका लागि क्याम्पस प्रमुखमा पुन: दान बहादुर हमाललाई नियुक्त गरेको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्को मिति २०८२ साल कार्तिक २२ गते बसेको बैठकको निर्णय नं. ४७३ बमोजिम सो निर्णय गरिएको हो।

विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनिक नियमावली २०६९ (आठौँ संशोधन) को नियम १९७ को उपनियम (२) अनुसार क्याम्पस प्रमुख पदमा नियुक्ति गरिएको र सोही नियमको उपनियम (३) बमोजिमको पदावधि कायम रहने उल्लेख गरिएको छ।

उक्त निर्णय अनुसार मिति २०८२ साल कार्तिक २४ गतेदेखि नियुक्ति लागु हुने भएको छ। क्याम्पस प्रमुखमा दान बहादुर हमालको यो दोस्रो कार्यकाल हो ।

प्रतिक्रिया

सम्बन्धित ख