
३० भदौ,
सुर्खेत । सुुर्खेतमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन ।
आज विहान करिब ८ः३० बजेको समयमा सुर्खेत देखी जुम्ला जाँदै गरेको भे १ ख २५७४ नम्बरको गाडी अनियन्त्रित भई रेडियो नेपाल चोकमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरुको प्रदेश अस्पतालमा उपचार भइरहेको र घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।