३० भदौ,

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एम्बुलेन्सले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ५ को ४५ वर्षिय कृष्ण बहादुर ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म१च२८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठक्कर दिदा साइकल चालक गम्भिर घाइते भएका थिए ।

उक्त दुर्घटनामा परी घाइते भएका ऐरको उपचारको त्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख