
२९ भदौ,
रुकुम । रुकुम पश्चिम राष्ट्रिय प्रजातन्त्र पार्टी रुकुम पश्चिमले जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
पार्टी का केन्द्रिय सदस्य गोपाल खड्का र दिपक मल्ल को समुपस्थिमा सम्पन्न भएको अधिवेशनले बिनोद कुमार शाह को नेतृत्व मा नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गोपल खड्काले अगामि निर्वाचनमा संवर्धन बादी शक्तिको बिजय अनिवार्य आबश्यकता भैसकेको बताउदै त्यो स्थान राप्रपाले नै लिने दाबी गर्नु भयो ।
मुलुक राप्रपाको एजेन्डामा जान लागेकाले राप्रपाले त्यसको तयारी तीव्रता का साथ गर्नुपर्ने भएकाले नेताकार्यकर्तालाई संगठन निर्माणमा जुट्न आहवन गर्नु भयो ।
काङ्ग्रेस कम्युनिस्टहरुले संवर्धन बादी शक्ति लाई कमजोर तुल्याउन विभिन्न आरोप लगाउने गरेको यस परिस्थितिमा राप्रपाले त्यसको व्यापक खन्डन गर्दै राष्ट्रको अस्थित्व बचाउन पार्टीले वडा तहसम्म संवर्धन बादी बिचार समूह निर्माण गर्न तत्काल आबश्यक रहेको आउल्याउनु भयो ।
देशको ईतिहास र परम्परा एवम राष्ट्र निर्माता लाई दुश्मन देख्ने शक्तिहरुले छिमेकी मुलुकहरू लाई गाली गरेर राष्ट्रवाद को नारा दिदै राजनीतिक रोटी सेकेको आरोप लगाउनु भयो ।
प्रखर बक्ता समेत रहेका खड्काले बर्तमान विश्व परिवेश सास्कृतिक राष्ट्रवाद तर्फ उन्मुख भएकाले अब नेपाल सनातन हिन्दुराष्ट्र सहित संबैधानिक राजसँस्थाको मार्गमा उन्मुख भैसकेको ठोकुवा गर्नुभयो ।
राजसँस्था र हिन्दुराज्यको नारा लियर सडकमा विभिन्न समूहहरु ले आन्दोलन गरिरहेको भएपनि समान बिचार र सिद्धान्त भएका समुहहरुलाइ राप्रपामा समाहित हुन आहवन समेत गर्नु भयो ।
त्यस्तै अर्का केन्द्रिय सदस्य दिपक मल्लले अब राप्रपा जुरुक्कै उठ्ने दाबी गर्दै सबै कार्यकर्ताहरु लाई संगठन निर्माणमा लागि पर्न आहवन गर्नु भयो ।
त्यसैगरी नवनिर्वाचित जिल्ला अध्यक्ष बिनोद कुमार शाहले अन्य पार्टी हरु आकार मा ठुला भएपनि एजेन्डा बिहिन भएको दाबी गर्दै राप्रपा संग तिनीहरुको तुलना हुनै नसक्ने ठोकुवा गर्नु भयो । कार्यक्रम को सहजीकरण राप्रपा रुकुम पश्चिम् प्रदेश का अध्यक्ष खम्मु गौतमले गर्नु भएको थियो ।