लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा “देशको रक्षा गर्नु नै हाम्रो अभियान´ भन्ने मुल नाराका साथ नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षण कार्यक्रममा नेपाल स्वयंसेवक संघ प्रशिक्षण विभागकी अध्यक्ष बिमुन्स पौडेल ज्यु को प्रमुख अतिथ्यता र नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश अध्यक्ष शिवराज पोख्रेल ज्युको अध्यक्षता रहेको कार्यक्रमको संचालन लुम्बिनी प्रदेश सचिव नारायण आचार्य `गुनाखर´ ज्युले गर्नु भएको थियो । नेपाल स्वयंसेवक संघको विधानलाई स्पष्ट पार्दै कार्यक्रम प्रशिक्षक बिमुन्स पौडेलले अरुको सेवामा समर्पित हुनु आफ्नो भविष्य चिन्नु रहेको बताउनुभयो ।

उहाँले सबैभन्दा ठूलो धर्म समाज सेवा रहेको र समाजसेवा गर्दा अहित हुने सिद्धान्त कुनै धर्ममा नरहेको पनि स्पष्ट पार्नुभएको थियो । यसै गरि लुम्बिनी प्रदेशका नेपाल स्वयंसेवक संघ साथै यसका भातृ संगठनलाई सकृय भएर समाजसेवामा लाग्न अनुरोध गर्दै प्रदेश कार्यसमितिको तर्फ बाट आवश्यक सल्लाह,सुझाव तथा सहयोग सदैव रहने बताउनुभयो ।

एक दिवसिय अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश कार्यसमिति बाट उपाध्यक्ष सीता अर्याल,महासचिव युवराज अर्याल,प्रवक्ता नारायण सेन,सदस्यहरु सुर्य नारायण बटला क्षेत्री ,विष्णु खनाल लगायत कुशल व्यावसायि/समाजसेवी/सामाजिक अभियान्ता खिमराज पोख्रेल एवं गोकुल अर्याल समेतको उपस्थिती रहेको नेपाल स्वयंसेवक संघ बाँके जिल्ला अध्यक्ष श्री टेक नारायण (राजु) भुसाल ज्यु ले जानकारि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख