२९ भदौ,

गैँडाकोट । गैँडाकोटमा पूर्वपश्चिम राजमार्गअन्तर्गत ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना हुदा बर्दियाको बाँसगढी नगरपालिकामा बस्ने एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा बर्दिया बाँसगढी नगरपालिका वडा नं.८ बस्ने ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर बस्ने अन्दाजी ४० वर्षीय किरङ्गी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने अन्दाजी ३५ वर्षीय कृष्ण रानाको मृत्यु भएको हो ।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नं. को यात्रुबाहक बस र ना६ख ७१२६ नं को ट्रक नवलपुरको गैँडाकोट वडा नं.१० स्थित २३ स्मृति पुल नजिक एकआपसमा मंगलबार बिहान ठोक्किएको थियो ।

त्यसै बसमा सवार रहेका गम्भिर घाइतेभएका यात्रुहरुको चितवन नयां मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख