२५ असोज,

कैलाली – कैलालीको घोडाघोडीमा एक युवकको आततायी ढंगले हत्या गरी अभियुक्तहरुले मृतकको टाउको बोकेर प्रहरीमा आत्मसमर्पण गरेका छन्।

घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा आपसी विवाद भएपछि २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–३ का स्थायी बासिन्दा बुढाको हत्यामा संलग्न दुई जनाले शुक्रबार राति नै प्रहरीमा आत्मसमर्पण गरेका थिए।

घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्रीले धारिलो हतियारले बुढाको घाँटी रेटी हत्या गरी उनको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए।

प्रहरीका अनुसार मृतक र अभियुक्तहरू स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए। सोही क्रममा भएको विवाद उत्कर्षमा पुग्दा दुई जनाले धारिलो हतियार प्रहार गरी बुढाको हत्या गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख