
२९ भदौ,
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीय किशोरीलाई अध्यक्ष बनाइएको छ ।
५७ औं राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा “सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी” भन्ने मुल नाराको साथ आज मंगलबार २९ गते सुस्मिता ऋषिदेवलाई एक दिनको गाउँपालिकाको अध्यक्ष बनाइएको गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले जानकारी दिएका छन ।
अध्यक्ष माझीका अनुसार ऋषिदेवलाई आर्थिक र प्रशासनिकबाहेक गाउँपालिको अध्यक्षले गर्ने सबै काम गर्न पाउने बताए ।
उक्त अध्यक्ष बनाउनुको कारण गांउपालिका अध्यक्षले के काम गर्ने कसरी गर्ने र बालबालिको आत्माविश्वस बढनुको साथसाथै सहजीकरणको विषेश उद्धेश्यले उहाँलाई एक दिने गाउँपालिकाको अध्यक्ष बनाएको जानकारी गराए ।